तपाईँ सुन्दै हुनुहुन्छः

इंग्ल्यान्ड विरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिज विजयी

काठमाडौं । घरेलु मैदानमा ४ विकेटले हराउदै इंग्ल्यान्ड विरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिज विजयी भएको छ । जितसँगै तीन खेलको सिरिजमा वेष्ट इन्डिजले १ – ० को अग्रता कायम गरेको हो ।

अन्तिम दिन जितका लागि पाएको २ सय रनको लक्ष्य पाहुना टोलीले ६ विकेटको क्षतिमा पुरा गर्यो ।

वेष्ट इन्डिजका लागि जर्मेन ब्ल्याकवुडले सबैभन्दा धेरै ९५ रन जोडे भने रोष्टन चासेले ३७ र शाने डोरिचले २० रन बनाए । इङ्ल्याण्डका शासनोन गाब्रियलले पहिलो इनिङमा ४ र दोस्रोमा ५ विकेट हात पारे ।

इङ्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै २ सय ४ रन जोडेको थियो ।

जवाफमा वेस्टइन्डिजले ३ सय १८ रन जोड्दै १ सय १४ रनको अग्रता लिदा दोस्रो इनिङमा इङ्ल्याण्डले ३ सय १३ रन बनाएपछि वेष्ट इन्डिजसामु २ सय रनको लक्ष्य प्रस्तुत भएको थियो ।

इङल्याण्ड र वेष्टइन्डीजबिचको दोस्रो टेष्ट बिहीबार म्यानचेस्टरमा सुरु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button