तपाईँ सुन्दै हुनुहुन्छः

२०७ औं भानु जयन्ती मनाइयो

बैतडी । २०७औ भानु जयन्तीका अवसरमा महकाली साहित्य संगम बैतडी शाखा द्धारा श्रद्धान्जली सभाको आयोजना गरियो ।

विक्रम संम्वत १८७१ असार २९ गते तनहुको चुदि रम्घामा जन्मनुभएका नेपाली भाषका आदि कवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभुति हुनुहुन्छ ।

गोठलापानि बजारबाट प्रभात फेरि हुदै मालिका डाडाँस्थित भानुभक्तको प्रतिमामा माल्यार्पण पछि आयोजित श्रद्धान्जली सभाका वक्ताहरुले भानुको योगदानको चर्चा गरेका थिए ।

आदिकवि आचार्यका रामायण बाहेक प्रश्नोत्तरी, भक्तमाला, वधूशिक्षा, रामगीता जस्ता उकृष्ट कृति र फुटकर कविताहरुले नेपाली साहित्यलाई समृद्ध बनाउन ठूलो योगदान पुर्याएका छन् ।

महाकाली साहित्य संगम बैतडी शाखाका अध्यक्ष प्रकाश चन्दको सभापतित्वमा श्रद्धान्जली सभाको आयोजना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button