तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा पहिरोबाट ५ परिवार विस्थापित 

भोजपुर । पहिरोका कारण भोजपुरको उत्तर षडानन्द नगरपालिका वडा नम्बर ८ दिङला बजारका ५ परिवार विस्थापित भएका छन् ।

शनिबार राती खसेको पहिरोले घरहरुमा जोखिम बढेपछि ती परिवारलाई अन्यत्र सारिएको प्रहरी जनाएको छ । पुरुवा माटोमा बनेका ती घरहरु लगातारको वर्षातले क्षति पुगेको इलाका प्रहरी कार्यालय दिङलाका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिनु भयो ।

उहाँका अनुसार ती परिवारलाई स्थानीय सुबास तामाङको घरमा राखिएको छ । त्यस्तै षडानन्द नगरपालिका वडा नम्बर ७ केउरेनीपानीमा रुखले किचेर स्थानीय धर्मराज चौहानको घर पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button