सप्तकोशी नदीमा दाउरा निकाल्न गएका १४ वर्षीय बालक बेपत्ता
सुनसरी । आज बिहान सप्तकोशी नदीमा दाउरा निकाल्न गएका १४ वर्षीय बालक बेपत्ता भएका छन् ।
सुनसरीको बराह क्षेत्र–७ घर भएका बालक अनिल बस्नेत गाउँलेसहित सप्तकोशी नदीमा दाउरा निकाल्न गएका र अहिलेसम्म नभेटिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर पाण्डप कुमार राजवंशीले जानकारी दिनुभयो ।
गाउँले र प्रहरी टोलीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्