तपाईँ सुन्दै हुनुहुन्छः

सलह कीरा किन्न अर्जुनधारा नगरपालिकाद्वारा ५ लाख विनियोजन

झापा । झापाको अर्जुनधारा नगरपालिकाले सलह कीरा खरिदका लागि पाँच लाख बजेट विनियोजन गरेको छ ।

सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । उहाँले नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी १०० रुपैयाँ दिने योजना ल्याएको बताउनु भयो ।

खरिद गरिएको सलह नगरको कृषि शाखाले प्रतिकेजी रु ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button