झुलाघाट नाकाबाट १३७ जना स्वदेश फर्किए
बैतडी । भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट तीन दिनको अवधिमा १३७ जना स्वदेश फर्किएका छन् । अन्तराष्ट्रिय सीमा बन्द भएका कारण सीमापारी रहेका नेपालीहरु स्वदेश फर्केका हुन् ।
यस्तै ४३८ जना भारतीय पेन्सनधारी नेपालीहरुले पेन्सन बुझेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।
लकडाउनका कारण पेन्सन बुझ्न नसकेका नागरिकको समस्यालाई समेत ध्यानमा राखेर बुधबारदेखि तीन दिनका लागि झुलाघाट नाका खोलिएको थियो । नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा नाका खोलिएको हो ।
नाका खुला भएपछि नेपालबाट २९ जना भारतीय नागरिक पनि आफ्नो देश फर्केका छन् ।
भारतबाट पेन्सन बुझ्ने धेरै नागरिकले अझै पनि पेन्सन बुझ्न बाँकी रहेकाले फेरी नाका खोल्नका लागि भारतीय पक्षलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो ।
फेरी केही दिनका लागि नाका खोल्न जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको पिथौरागढ प्रशासनलाई पत्र लेखेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्