तपाईँ सुन्दै हुनुहुन्छः

सोलार बत्तिले विपन्न परिवारका घर झलमल


सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले ६१ विपन्न परिवारलाई सोलार सेट वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका ६१ घरधुरी विपन्न परिवारलाई सोलार वितरण गरेको हो ।

सोलार पाउनेमा आर्थिक रूपमा विपन्न रहेका एकल महिला, दलित, जनजाति रहेको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए ।

तत्काल विद्युत विस्तार गर्न नसकिएको वडामा अध्यारोमा बस्न वाध्य भएका परिवार पहिचान गरी प्रत्येकलाई ५० वाट क्षमताको सोलार बाँडिएको डाँगीले बताए । आगामी वर्ष यसलाई थप विस्तार गरिने लक्ष्य रहेको अध्यक्ष डाँगीको भनाइ छ । उनले भने वडा न १ मा ११ घरधुरी र बाँकी पाँच वडामा १०/१० घरधुरीका हिसाबले सोलार वितरण गरिएको छ ।

वडाका विपन्न घरधुरीमा सोलार विस्तार भएपछि उनीहरुको दैनिक जीवनयापनमा सहज हुने गाउँपालिका उपाध्यक्ष करुणा खड्काले बताइन । अहिलको समयमा टुकीको सहारामा अध्यारो कटाउनुपर्ने बाध्यताका उनीहरुको लागि कार्यक्रम उपयोगी भएको उनको भनाई छ । सोलारको प्रयोगबाट महिलाहरुको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाई छ । गाउँपालिकामा अझै विपन्न घरधुरीलाई वैकल्पिक ऊर्जाको आवश्यकता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button