तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची बजारका विभिन्न ठाँउमा सि सि क्यामेरा जडान

मेलम्ची । सिसि क्यामेराको ब्यबस्था नहुँदा विभिन्न समयमा असुरक्षित बनेको मेलम्ची बजार क्षेत्रमा आज सिसि क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रको सुरक्षा संवेदनशीलता लाई मध्येनजर गर्दै क्यामेरा जडान गरिएको मेलम्ची नगरपालिकाले जनाएको छ ।

इलाका प्रहरी कार्यालयमा २ वटा र अरु बाँकी खानेपानी कार्यालय देखी बजार आसपासमा जडान गरिएको मेलम्ची नगर पालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो ।

१३ वटा उक्त सि सि क्यामेरा जडानमा मेलम्ची नगरपालिकाले दश लाख रुपैयाँ र उपभोक्ता समितिबाट रु साठ्ठी हजार रुपँैया गरी दश लाख साठ्ठी हजार रुपैँया लागतमा जडान गरिएको उपभोक्ता समितीका संयोजक गुणनिधि दुलालले जानकारी दिनुभयो ।

सि सि क्यामेरा भएपछि सुरक्षा व्यवस्थापनमा सजिलो हुने ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल ब तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button