पिसिआर रिपोट नआउँदा क्वारेन्टाइनमा बसेकाहरु घर फर्किन थाले
बैतडी । समयमै रिपोट नआउँदा बैतडीका विभिन्न क्वारेन्टाइनमा बसेका नागरिक धमाधम घर फर्किन थालेका छन् । महिना दिन सम्ममा पनि उनिहरुको रिपोट आउन आउन सकेको छैन ।
क्वारेन्टाइनमा बसेका १४ दिन बढी भईसकेका नागरिक घरमै अलगै क्वारेन्टाइनमा बसीरहेका स्थानीय तहका स्वास्थ्य शाखाहरुले जनाएका छन् । क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएको र स्वाब संकलन गरेर समयमै रिर्पोट नआएकाहरु घर फर्केका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न क्वारेन्टाइनमा अहिले ७ सय बढी नागरिक क्वारेन्टाइनमा छन् भने करीब ५ सय नागरिकको रिपोट आउन बाँकी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्