तपाईँ सुन्दै हुनुहुन्छः

जनकनन्दनी गाउँपालिकाको चौथो गाउँसभा, स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा जोड


जनकपुरधाम । धनुषा जिल्लाको सवै भन्दा दुर्गम गाउँपालिकाको रुपमा रहेको जनक नन्दनी गाउँपालिकाको चौथो गाउँ सभा आज शौहार्दपूर्ण वातावरणमा आज सम्पन्न भएको छ ।

चौथो गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष भारती कार्कीले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम तथा बजेट पेश गर्नु भएको छ । उपाध्यक्ष कार्कीले ३७ करोड ६२ लाख २२ हजार ५ सय १८ रुपैया १९ पैसाको अनुमानित आय व्यवको बजेट पेश गर्नु भयो ।

गाउँपालिकाको आयमा संघीय सरकारवाट प्राप्त वित्तिय समानिकरण अनुदान ९ करोड ६५ लाख, ससर्त अनुदानवापत प्राप्त हुने १२ करोड ५८ लाख, संघ सरकारवाट अनुमानित राजश्वको वाडफाडवाट ६ करोड ९ लाख २९ हजार ५ सय ४० समावेश गरिनुको साथै प्रदेश नंं २ का सरकारवाट सम्मानिकरण अनुदानको रकम ७१ लाख ५१ हजार, ससर्त अनुदान ८० लाख विषेश अनुदान ३० लाख तथा समपुरक अनुदान २० लाख प्राप्त हुने अनुमान गरिईएको छ ।

यसै गरि आन्तरिक श्रोतवाट अनुमानित रकम १५ लाख ५ सय तथा गत आर्थिक वर्षको ६ करोड ९३ लाख ४१ हजार ४ सय ७८ रुपैया ५९ पैसा गरेर सो आय व्यवको अनुमान गरिइएको प्रमुख प्रशासकीय अधिकृत कुलानन्द झाले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, पशु कृषि, महिला विकास, पर्यटन तथा पूर्वाधारको विकासमा विषेश जोड दिएको छ ।

गाउँपालिकाको विकासका लागि वडाध्यक्ष देखि गाउँपालिकाका अध्यक्षसम्म विकासका लागि १ करोड ३४ लाखको दरले विकासको योजना सञ्चालन गर्नका बजेट छुट्याउने काम धनुषाको १८ पालिका मध्ये पहिलो पालिकाको रुपमा जनकनन्दनी गाउँपालिका भएकाले कुनै प्रकारको विवाद देखिईएको छैन ।

गाउँपालिका अध्यक्ष अब्दुल बारिकी शेखको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न वडाका वाध्यक्षहरुले पनि गाउँपालिकाको विकासका लागि आफूहरुले पि सि सि ढलान बाहेकका कुनै माटो एवं ग्रेभलको कामकाज नगरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button