तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा प्रहरीद्वारा चोरी तथा हराएका १८ थान मोवाईल फेला पारी हस्तान्तरण

बीरगंज । पर्सा प्रहरीले वीरगंज लगायत विभिन्न स्थानबाट हराएका र चोरी भएको १८ थान मोवाईल फेला पारी आज सम्बन्धित मोवाईल धनीलाई हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा मोवाईल चोरी भएका तथा हराएका उजुरी तथा निवेदनको आधारमा आवश्यक खोजी तथा अनुसन्धान गर्दा विभिन्न १८ जना व्यक्तिका मोवाईल फेला पारी सम्बन्धित मोवाईल धनीलाई आज एक कार्यक्रमका बीच बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले बताउनुभयो ।

प्रहरीमा मोवाईल हराएका र चोरी भएका अन्य निवेदनहरु पनि परेको र त्यसको समेत अनुसन्धान तथा खोज तलास कार्य जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button