तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा कोरोना संक्रमितको संख्या २ सय ३७

बैतडी । बैतडीमा कोरोना संक्रमितको संख्या २ सय ३७ पुगेकोे छ । आज थप बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ का २० बर्षीय युवकमा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या २ सय ३७ पुगको हो ।

प्रयोगशालामा गरिएको परिक्षणमा दोगडाकेदार ती युवकका कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । पुष्टि हुने ती युवक भारतबाट फर्किएका र आरडिटी पोजेटिभ रहेका हुन् । ती युवकलाई भारतबाट आएको १ महिना बढी भई सकेकोले यसअघि नै होम आइसोलेसनमा पठाइएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो ।

यो संगै दोगडाकेदारमा संक्रमितको संख्या ३० पुगेको छ । बैतडीका २ सय ३७ जनामा कोरोना पुष्टि हुँदा जिल्लाका सबै स्थानीय तहमा संक्रमित भेट्टिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button