तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि

चितवन । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । मंगलबार १०१ जनामा गरिएको परीक्षणमध्ये २५ जनामा पोजेटिभ र ७६ जनामा नेगेटिभ नतिजा आएको हो ।

२५ जना संक्रमित मध्ये १३ जना चितवनका र १२ जना अन्य जिल्लाका रहेको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालका दिएको जानकारी अनुसार माडी नगरपालिकाका २ पुरुष कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा रहेका माडी ५ र ३ नं वडाका २५ र ७३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै भरतपुर महानगरपालिका वडा नम्बर ७ र २२ का २६ र ५० बर्षीय पुरुष, भरतपुर ११ की ४५ बर्षीया महिला, नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरतपुरकै वडा नम्बर ७ का ६१ बर्षीय पुरुष, , भरतपुर ४, ९, २२, २५ र २६ का क्रमशः ४८, ४०, २१, २५, २६ , २२ बर्षीय पुरुष र राप्ती नगरपालिका १ की १२ बर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ ।

यसैगरी संक्रमण पुष्टि हुनेमा सेन्ट्रल अस्पताल भरतपुरमा उपचाररत गोरखा मनकामनाकी ३० बर्षीया महिला र दमककी ३५ बर्षीया महिला, नवलपुरको गैंडाकोट नगरपालिका ८ पुरुष र २ महिला रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button