खेलकुद विकास ऐन असार १७ बाट कार्यान्वयनमा आउने
राष्ट्रिय खेलकुद विकास ऐन असार १७ बाट कार्यान्वयनमा आउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट असारको दोस्रो साता प्रमाणीकरण भएको विधेयक असार १७ बाट कार्यान्वयनमा आउने भएको हो ।
संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयकलाई राष्ट्रपति भण्डारीले असार ११ गते प्रमाणिकरण गर्नुभएको थियो ।
‘ऐन प्रमाणिकरण भएको सातौं दिनबाट लागु हुने उल्लेख छ । सोही अनुसार असार १७ गतेबाट ऐन कार्यान्वयनमा आउनेछ ।’ युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता मानबहादुर वीकले जानकारी दिनु भयो ।
खेलकुद विकास ऐन २०४८ लाई संशोधन गर्दै सरकारले नयाँ ऐन कार्यान्वयन ल्याएको हो । खेलकुद क्षेत्रलाई थप ब्यवस्थित बनाउन भन्दै सरकारले लामो समयदेखि नयाँ ऐन निर्माणको गृहकार्य गरिरहेको थियो ।
प्रवक्ता वीकका अनुसार ऐन कार्यान्वयनका लागि मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको छ । ‘कुन बुँदा कसरी कार्यान्वयन लागु गर्ने भन्ने बिषय छलफल भईरहेको छ । ऐनले स्पष्ट रुपमा बोलेको बिषय तत्काल लागु हुन्छ । नियमावली अनुसार हुने बिषय कार्यान्वयन हुन केही समय लाग्ने प्रवक्ता विकले बताउनुभयो ।
ऐन पूर्ण रुपमा कार्यान्वयन हुन केही समय लाग्ने मन्त्रालयको बताएको छ । सोही अनुसार ऐनको नियमावली बनाउन मन्त्रालय समिति गठनको तयारीमा छ ।
समितिले विभिन्न खेल संघ र सरोकारवाला निकायसंग छलफल गरेर ऐनले उल्लेख गरे अनुसारको नियमावली बनाउने छ ।








प्रतिक्रिया राख्नुहोस्