बाजुरामा एक स्वास्थ्यकर्मी कोरोना जितेर डिस्चार्ज
बाजुरा – बाजुरा जिल्ला अस्पतालमा कार्यरत कोरोना पोजेटिभ एक १९ वर्षीय स्वास्थ्यकर्मीले कोरोना जितेका छन्। उहाँको दोस्रो जाँच रिपाेट नेगेटिभ आएको हो ।
कोरोना पोजेटिभ आएका स्वास्थ्यकर्मी दोस्रो जाँच नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रूपचन्द्र विकले बताउनु भएको छ।
कोरोना पोजेटिभ आएपछि स्वास्थ्यकर्मीलाई हाेटलाकाे क्वारेनटाइनमा राखिएको थियो । उहाको सम्पर्कमा आएका ११ जना स्वास्थ्यकर्मी रिपाेट पनि नेगेटिभ आएको अस्पताल बाजुराले जनाएको छ ।
बाजुरामा सात जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए।








प्रतिक्रिया राख्नुहोस्