इटहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
सुनसरी । सुनसरीको इटहरीमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
इटहरी–८ गैसारमा बेवारिसे अवस्थामा एक पुरुषको सब भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृतक पुरुषको वतन खुल्न सकेको छैन । उनको पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्