तपाईँ सुन्दै हुनुहुन्छः

‘वातावरण बनेमा उल्लेख्य रोजगारी दिन सकिने’

काठमाडौं । सरकारले आन्तरिक रुपमा वातावरण बनाइदिएको खण्डमा नेपालको निर्माण क्षेत्रमा नै उल्लेख्य रोजगारी दिन सकिने नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार लकडाउन पूर्व निर्माण क्षेत्रमा कूल १५ लाख बराबरले काम गरिरहेका थिए । त्यसमा नेपाली कामदारको सङ्ख्या १० लाख र बाँकी भारतीय मजदुरको थियो । सरकारले देशभित्रै केही तालिम तथा क्षमता विकासको क्षेत्रमा काम गरिदिए निर्माण क्षेत्रमा ३० लाखलाई सहजै रुपमा रोजगारी दिन सकिने महासङ्घका अध्यक्ष रवि सिंह बताउनु भयो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको श्रव्य दृश्य अन्तरक्रियामा अध्यक्ष सिंहले कोरोनाले भारत फर्किएका मजदुर नेपाल आउन नसक्ने भएकाले उनीहरुको स्थानमा तत्कालै पाँच लाखलाई रोजगारी दिन सकिने बताउनुभयो ।

हाल देशभर करिब १७ हजार निर्माण कम्पनी कार्यरत रहेका छन् ।

अध्यक्ष सिंहले सरकारले निर्माण व्ववसायीहरुको पाँच प्रतिशत नगद ‘रिटेन्सन’ गरिएको रकम मात्रै २५ अर्ब बढी रहेकोले त्यसलाई परिचालन गर्न सकिने उल्लेख गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button