सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयको व्यवस्थित आवास गृह

मेलम्ची । विनाशकारी भूकम्प भएको ५ वर्षपछि जिल्ला प्रहरी कार्यालयले व्यवस्थित आवास गृह पाएको छ । प्रहरी कार्यालय एक सय जनासम्म अट्ने व्यवस्थित गृह पाएको हो ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली शनिवार भवनको उद्घाटन गर्दै प्रहरी कार्यालयको भवन ढिला बन्नुमा चिन्ता व्यक्त गर्नुभयो । जनताको सेवा सुरक्षा अहोरात्र खट्ने प्रहरी कार्यालय भूकम्पपछिको यत्रो समयसम्म व्यवस्थित बन्न नसक्नुमा सरकारी ढिलासुस्ती भएको बताउनुभयो ।
उहाँले भूकम्पपछि निर्माण भएको व्यवस्थित भवनले यहाँका प्रहरीहरूलाई अब बस्न समस्या नपर्ने बताबताउनुभयो । उहाँले प्रहरीलाई विश्वभर फैलिएको कोरोना नियन्त्रणमा पनि सघाउ पुर्याउन समेत आग्रह गर्नु भएको छ ।

बेलायत सरकारको सहयोगमा बनेको गृह भूकम्परहित प्रविधिबाट निर्माण गरिएको छ । नयाँ भवनमा बिरामी कक्षदेखि सुविधा सम्पन्न भान्सा घर समेत निर्माण भएको छ ।
कार्यक्रममा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, जिल्ला न्यायाधिस टिकाराम आचार्य, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमान सिं तामाङलगायतको उपस्थित रहनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्