५०० वटा रेडियो वितरण
सिन्धुपाल्चोक । काभ्रेको मण्डन देउपुर नगरपालिकाले ५०० वटा रेडियो वितरण गरेको छ ।
घरधुरी सर्बेक्षण गरी सञ्चारका माध्यम नभएका घर पहिचान गरी आज ति घरमा रेडियो वितरण गरिएको नगर प्रमुख टोक बहादुर वाइबाले जानकारी दिनुभयो । इको हिमाल नेपाल नामक सँस्थाले २५० र नगरले २५० थान रेडियो बितरण गरेको हो ।
यसबाट वैकल्पिक सिकाईमा मद्दत पुग्र्ने र नगरका गितिबिधी सबैले थाहा पाउने विश्वास लिएको छ । नगरले इको हिमाल नेपालको सहयोगमा टोल टोलमा पुगी पढाउने र रेडियो मेलम्ची शुनकोसी र नमोबुद्द मार्फत रेडियो कक्षा सञ्चालन गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्