तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली च्याउ खाँदा १४ बिरामी

दाङ । दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् ।

गएराती जंङगली च्याउ पकाएर खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नं ५ रानीजरुवाकी ३५ वर्षीया विमला विक, उहाँकी ११ वर्षीया छोरी र १० वर्षीय छोरा बिरामी परेका छन् ।

त्यस्तै च्याउ खाँदा सल्यान छत्रेश्वरी गाउँपालिका ३ का एक जना, तुलसीपुर ५ का ३६ वर्षीय टेकबहादुर पुन, ३३ वर्षीया कमला पुन र उहाँका १९ वर्षीय छोरा टोपेन्द्र,तुलसीपुर ५ का चीनबहादुर रानाका नौ वर्षीया छोरी र पाँच वर्षीय छोरा, ओसो घर्ती मगरकी १८ वर्षीया छोरी निर्मला, २४ वर्षीय खिमा पुन, १५ वर्षीया एक बालिका, ३५ वर्षीया विपना घर्ती र कमानसिंह पुनकी १० वर्षीया छोरी बिरामी परेका छन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button