आज पनि वर्षा हुने, यस्तो छ तीन दिन मौसमको पूर्वानुमान

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) पनि देशभर झरी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहान) देशका अधिकांश भूभागमा मौसम बदली छ भने प्रदेश नम्बर १, २, ५, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असार ११ गते (बिहीबार)
दिउँसोः देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असार १२ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
असार १३ गते (शनिबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।








प्रतिक्रिया राख्नुहोस्