काठमाडौं महानगरपालिकाको बजेट १६ अर्ब ४७ करोड
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वषका लागि १६ अर्ब ४७ करोड रुपैयाँको अनुमानित आय व्यय विवरण बजेट सार्वजनिक गरेको छ ।
महानगरले कुल ६ अर्ब ७६ करोड रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै नेपाल सरकार तथा प्रदेश सरकारबाट निशर्त अनुदानवापत १ अर्ब ४२ करोड, सशर्त अनुदानवापत २ अर्ब ५७ करोड उपलव्ध हुने महानगरको अनुमान छ। त्यस्तै बैंक मौज्दात ३ अर्ब ५० करोड रहेको महानगरले जनाएको छ ।
बजेट प्रस्तुत गर्दै महानगरकी उपमेयर हरिप्रभा खड्काले महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता पारित नीति तथा कार्यक्रमको लक्ष्य हासिल हुने बताउनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्