तपाईँ सुन्दै हुनुहुन्छः

हेलीकोप्टरमार्फत गर्भवतीको उद्धार

खोटाङ । स्वास्थ्यमा समस्या आएपछि सिकिस्त भएकी खोटाङकी एक गर्भवतीलाई हेलीकोप्टर मार्फत काठमाडौं पठाइएको छ । केपिलासगढी गाउँपालिका वडा नम्बर–२ खार्तम्छाकी १९ वर्षीया मन्दिरा विकलाई मंगलवार दिउँसो हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको हो ।

स्वास्थ्यमा समस्या आएपछि सोमबार साँझ जिल्ला अस्पतालमा ल्याइएकी मन्दिराको अत्याधिक रक्तश्राव भएको जिल्ला अस्पतालले बताएको छ ।

शरिरमा करिव १२ ग्राम रगतको मात्रा हुनुपर्नेमा मन्दिराको ४ दशमलव ५ ग्राम मात्र रगतको भएको र बच्चाको पनि पेटभित्रै मृत्यु भएको कारण अवस्था जटिल भएपछि काठमाडौं पठाइएको अस्पतालका डाक्टर नारायण बरालले बताउनुभयो । ‘प्लासेन्टा प्रिभिया’ बच्चा जन्मने ठाउँमा पनि समस्या रहेको र बच्चाको पनि मृत्यु भइसकेकाले यहाँ अप्रेसन गर्न ‘आसीयू कियर’ आवश्यक भएको तर यहाँको अस्पतालमा अप्रेसन गर्दा जोखिम हुने भएका कारण रेफर गरिएको डा. बरालको भनाइ छ ।

महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलीकोप्टर व्यस्त भएपछि काठमाडौंस्थित ग्राण्डि अस्पतालसँग सहकार्य गरि ग्राण्डी अस्पतालको हेलीकोप्टर मार्फत मन्दिरालाई उद्धार गरिएको बताइएको छ । मन्दिराको प्रशुतीगृह थापाथलीमा उपचार सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button