तपाईँ सुन्दै हुनुहुन्छः

ब्लड क्यान्सर पिडित बालिका अस्पतालमा छट्पटाउदै , सहयोगका लागि परिवारको अपिल


सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ मेल्टाकुरी निवासी १६ वर्षीया बालिका निकिता पुन काठमाण्डौ स्थित सिभिल अस्पतालमा उपचारत छिन ।

ब्लड क्यान्सरको रोगको कारण मृत्युसँग लडिरहेकी पुनलाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ ।

उपचार गराउन ठुलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबै सँग सहयोगको अपिल गरेका छन् । प्रभाकर माध्यमिक विद्यालय सल्लीबजारमा कक्षा १० मा अध्ययरत ब्लड क्यान्सर पिडित पुनको थप उपचारका लागि आर्थिक समस्या भएपछि आर्थिक सहयोगमा अपिल गरेका छन् ।

पिडित पुनका बुवा ठगे पुनले घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न सबैलाई आग्रह गरेका छन । हालसम्म ५ लाख भन्दा बढी खर्च भइ सकेको र अझै १० देखि २० लाखसम्म खर्च हुने घरको सबै सम्पत्ति छोरीको उपचारमा खर्च भइसकेको उनले बताए

। उनले भने सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएको छु । छोरीको उपचारका लागि भएको सबै सम्पत्ति सकियो अव केले उपचार गर्ने चिन्ताले सताउन थालेकाले उपचारमा आर्थिक खर्च जुटाइदिन सबै समक्ष आग्रह गरेको छु ।

उपचार खर्चमा सहयोग गर्नुहुनेले लक्ष्मी बैकमा रहेको खाता न ०६९२०००४४६३ जम्मा गर्न सकिने उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button