तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा दुई जनामा कोरोना पोजेटिभ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । २९ गते कुवेतबाट आएकी एक महिला र भारतबाट आएका एक जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

पाङ्ग्रेटारमा रहेको क्षेत्रीय क्वारेनटाइनमा रहेका उनीहरूको रिपोर्ट पोजेटिभ आएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण तिवारीले जानकारी दिनुभयो ।

उनीहरूसँगै स्वाब सङ्कलन गरेर पठाइएको अन्य दुई जनाको रिपोर्ट आउन भने बाँकी रहेको छ । यो समेत सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button