तपाईँ सुन्दै हुनुहुन्छः

तत्कालीन प्रधानाध्यापक गुप्ता विरुद्ध मुद्दा दायर

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगंज महानगरपालिका वडा नम्बर ३१ स्थित नेपाल रेडक्रस आधारभुत विद्यालय लक्ष्मीपुरका तत्कालीन प्रधानाध्यापक सन्तोष कुमार गुप्ताविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताविरुद्ध ६ लाख माग दाबीसहित मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानाध्यापक गुप्ताले जिल्ला शिक्षा कार्यालय पर्साबाट विद्यालयको भवन र शौचालय निर्माणका लागि आफ्नो नाममा ५ लाख र विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष विश्वनाथ साह कानुको नाममा एक लाख गरी कुल ६ लाख रकम झिकेर हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ ।

गुप्ताले विद्यालयमा कुनै पनि काम नगरी उक्त रकम हिनामिना गरी फरार रहेको आयोगको आरोपपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button