आईओएफटीसीद्वारा ५६ खेलाडीका परिवारलाई राहत वितरण
काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले काठमाडौं, ललितपुर र भक्तपुरका ५६ खेलाडी परिवारलाई राहत वितरण गरेको छ ।
आईओएफटीसीले कोरोना भाइरसका कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत प्रदान गर्न हेल्प डेस्क टिम नेपाललाई ८ लाख रुपैयाँ पठाएको थियो ।
उपत्यकासहित सातै प्रदेशमा कोरोना भाइरसका कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत प्रदान गर्न रकम पठाइएको हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जनाकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्