क्वारेन्टाइन बाट घर पठाइएका ४१ जनामा कोरोना पुष्टि
बाजुरा । बाजुरामा थप ४१ जनामा कोरोना संक्रमण भेटिएको छ । काठमाडौं स्थित प्रयोगशालामा गरिएको परिक्षणबाट बडिमालिका नगरपालिकाका थप ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ।
कोरोना संक्रमण देखिएका ४० जना बडिमालिका नगरपालिका र १ जना बुढीगंगा नगरपालिकाका हुन् । क्वारेन्टाइनबाट घर पठाईसकेका व्यक्तिहरुमा कोरोना देखिएको हो।
संक्रमित ४१ जना मध्ये १५ जना महिला छन् । भने २६ जना पुरुष रहेका छन् । ४१ जना थपिएसँगै जिल्लामा संक्रमतिको संख्या ६२ पुगेको छ ।
क्वारेन्टाइन छोडेर घर गइसकेकाहरुमा कोरोना देखिएपछि गाउँमा त्रास फैलिएको छ । रिपोट नआउँदै घर पठाईपछि थप जोखिम बढेको स्वास्थ्यकर्मीको भनाई छ ।
संक्रमित घर गइसकेकाले अब घरमै सुरक्षीत बसाउने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्