नारायणी अस्पतालको प्रयोगशालामा ८ हजार ८ सय २४ जनाको पिसिआर परिक्षण

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा २ महिनामा ८ हजार ८ सय २४ जनाको पिसिआर परिक्षण गरिएको छ ।
जसमध्ये ६ हजार ६ सय ५४ जनाको जेठ महिनामा परिक्षण गरिएको छ भने बैशाखमा १७ सय ३० र असारमा ४ सय ४० जनाको स्वाब परिक्षण गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.मदन उपाध्यायले जानकारी दिनुभयो ।
स्वाब परिक्षण गरिएका मध्ये ५ हजार १ सय ५३ जना पर्सा जिल्लाको र ३ हजार ४ सय ७४ जना बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लाको रहेको डा.उपाध्यायले बताउनुभयो ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाबको पिसिआर परिक्षण भएका मध्ये १ सय २० जनालाई कोरोना संक्रमण देखिएको डा. उपाध्यायले बताउनु भयो ।
यता नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालबाट आज दुई महिला सहित आठजना डिस्चार्ज भएका छन् । अस्पतालका कोअर्डिनेटर डा उदयनारायण सिंहका अनुसार १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका आठजना डिस्चार्ज गरिएको हो ।
वीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा २ महिनामा ८ हजार ८ सय २४ जनाको पिसिआर परिक्षण गरिएको छ ।
जसमध्ये ६ हजार ६ सय ५४ जनाको जेठ महिनामा परिक्षण गरिएको छ भने बैशाखमा १७ सय ३० र असारमा ४ सय ४० जनाको स्वाब परिक्षण गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.मदन उपाध्यायले जानकारी दिनुभयो ।
स्वाब परिक्षण गरिएका मध्ये ५ हजार १ सय ५३ जना पर्सा जिल्लाको र ३ हजार ४ सय ७४ जना बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लाको रहेको डा.उपाध्यायले बताउनुभयो ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाबको पिसिआर परिक्षण भएका मध्ये १ सय २० जनालाई कोरोना संक्रमण देखिएको डा. उपाध्यायले बताउनु भयो ।
यता नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालबाट आज दुई महिला सहित आठजना डिस्चार्ज भएका छन् । अस्पतालका कोअर्डिनेटर डा उदयनारायण सिंहका अनुसार १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका आठजना डिस्चार्ज गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्