तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा बेपत्ता जैसीको शव भेटियो 

टीकापुर कैलाली । कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–१ का ३३ वर्षीय दीपकप्रसाद जैसीको शव आज भेटिएको छ ।

आज दिउसो १ः०० बजेतिर स्थानीयले नदीको बिच भागमा शव अड्किएको खबर दिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले स्थानीयको सहयोगमा शव नदी किनारमा ल्याएको थियो ।

प्रहरीले शव भेटिएको विषयमा बेपत्ता जैसीका आफन्तलाई खबर गरी बोलाउँदा जैसीका आफन्तले शवको सनाखत गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

शव अहिले पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

जैसी गएको जेठ ३२ गते लम्कीचुहा नगरपालिका–३ वलचौर नजिकै कर्णाली नदीको भँगालोमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

उता कर्णाली नदीमै बेपत्ता भएका मोहन्याल गाउँपालिका–३ सागाका ३८ वर्षका चक्रबहादुर बुढाको अवस्था भने अझै अज्ञात छ । बुढा नुहाउने क्रममा असार २ गते बेपत्ता भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button