तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नम्बर २ मा ३ सय ४० जना कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगंजको नारायणी अस्पतालको प्रयोगशाला तथा केन्द्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणको क्रममा आज प्रदेश नम्बर २ का ५ जिल्लामा ३ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा महोत्तरीका ६ जनामा संक्रमण पुष्टि भएको र केन्द्रिय प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय ३४ संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो ।

संक्रमित हरु मध्ये महोत्तरीका १ सय ९५ जना रहेका छन भने रौतहटका १ सय ११ जना, धनुषाका २२ जना, सर्लाहीका ११ जना र सिरहाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button