तपाईँ सुन्दै हुनुहुन्छः

विनियोजन विधेयक माथिको छलफल सम्पन्न

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको विभिन्न शीर्षकहरु माथिको छलफलमा सांसदहरुले बोल्ने क्रम सकिएको छ ।

यस अघि आजको छलफल अन्र्तगत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको छलफल भयो ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरुमाथिको छलफल सम्पन्न भएको हो ।

उक्त विनियोजन विधेकमाथि सांसद जितेन्द्र नारायणदेव, तारादेवी भट्ट, अनिता देवकोटा, प्रकाश पन्त र रमेशजंग रायमाझिले विभिन्न विभिन्न ११ वटा शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

कोभिड १९ को संक्रमण बढिरहेको समायमा सन्तुलित रुपमा बजेट आएको भएपनि विनियोजनमा भने केही सुधार गरेर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो ।

सांसदहरुले स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्ने, कृषि क्षेत्रको विकास, कृषि उत्पादको बजार व्यवथापन गर्ने र सिंचाइलाई कृषिसँग जोड्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसदहरुले, इन्धन आपूर्ति घटाउने, विद्युतीय उपकरण खरिदमा सहुलीयत दिने जस्ता विषयमा बजेट कार्यान्वयनमा जादा ध्यान दिनु पर्ने बताउनुभयो ।

सांसदहरुले धेरै कार्यक्रम प्रधानमन्त्री र राष्ट्रपतिसँग राखेर सरकारले विवादमा आउने काम गरेको भन्दै ठूला कार्यक्रम राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री मातहत लाने प्रवृती अन्तय हुनु पर्नेमा जोड समेत दिनुभयो ।

संघ प्रदेश र स्थानीय तहबीच सन्तुलीत रुपमा वजेट विनियोजन हुनुपर्ने, केन्द्रमा बजेट केन्द्रित गर्नु नहुने, लक्ष्य अनुसार कार्यक्रम पुरा गर्ने तर्फ कार्यान्वयनमा ध्यान दिनुपर्ने, समाजमा बढ्दो हिंसाको अन्त्यमा बजेटले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक असार ३ गते विहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button