प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार १ सय ८५
जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ७१ जना नयाँ व्यक्तिमा कोरोना संक्रण भएको पुष्टि भएको छ । थप संक्रमित संगै प्रदेश नंं २ मा संक्रमितको संख्या २ हजार १ सय ८५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा रौतहटमा ९८ जना, सर्लाहीमा २३, महोत्तरीमा ३० जना, पर्सामा १० जना, सिराहमा ४ जना, धनुषामा ४ जना र बारामा २ जनामा संक्रमण भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । थपिएका संक्रमित मध्ये ५ जना महिला पनि रहेका छन् ।
नयाँ संक्रमित सवै जना भारतको विभिन्न शहरवाट आएकोमा सीमावाट नै विभिन्न पालिकाहरुले निर्माण गरेको क्वारेन्टाईनमा गएर वस्दै आएकाले हालसम्म संक्रमण समुदायमा नगएको प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अहिले पनि प्रदेशको विभिन्न क्वारेन्टाईनमा १५ हजार ५ सय ८१ जना रहेका छन् भने होम क्वारेन्टाईनमा ११ हजार ६ सय ४३ जना रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।
केही समय यता क्वारेन्टाईनमा वस्नेहरुको संख्यामा कमी आउन थालेको छ भने होम क्वारेन्टाईनमा बस्नेको संख्या बढी रहेको छ । कुनै वेला क्वारेन्टाईनमा २६ हजार भन्दा बढी संख्या पुगेका थिए । अहिले भारतबाट निक्कै न्युन संख्यामा नेपालीहरु आउन थालेका छन् ।
प्रदेश नंं २ मा हालसम्म कोरोनालाई पराजित गर्दै ४ सय ७८ जनाले उपचारपछि निको भएर घर फर्किएको समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्