तपाईँ सुन्दै हुनुहुन्छः

कारागार सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला कारागार कञ्चनपुरको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई सुम्पेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि बनाइएका क्वारेन्टीन तथा अन्य क्षेत्रमा सुरक्षाको लागि नेपाल प्रहरीको संख्या कम भएपछि प्रशासनले कारागारको सुरक्षामा खटिएका प्रहरीलाई अन्यत्र खटाई कारागारमा नेपाली सेनालाई खटाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिनुभयो ।

असार ०१ गतेदेखि लागू हुने गरी उक्त निर्णय एकसाता पहिले नै गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button