आरडिटी रिपोर्ट पोजेटिभ आएका बालकको उपचारको क्रममा मृत्यु
वीरगञ्ज । आरडीटी रिपोर्ट पोजेटिभ आएको बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा आज साँझ उपचारका क्रममा मृत्यु भएको छ ।
निमोनियाको कारण सिकिस्त बनेका ५ बर्षिय बालकलाई आज बिहान ११ बजे उपचारका लागी वीरगञ्ज स्थित हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । बालकको निमोनियाले ग्रस्त भई मस्तिस्कमा आघात पुगेको कारण बालकको मृत्यु भएको हुनसक्ने चिकित्सकहरुले बताएपनि उनलाई आज बिहान अस्पतालको भेन्टिलेटरमा राख्नुअघि र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको थियो । बालकको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ ।
आरडीटी रिपोर्ट पोजेटिभ आएपछि बालकको स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि नारायणी अस्पतालको ल्याबमा पठाइएको अस्पतालका सञ्चालक डाक्टर. अबुलेश अन्सारीले बताउनुभयो ।
बालकको साँझ मृत्यु भएको अन्सारीले जानकारी दिनुभयो । पीसीआर टेस्टको रिपोर्ट भने आइसकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्