तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयताअनुसार पर्यटन ऐन ल्याउन विज्ञको सुझाव

काठमाडौं । पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

सरकारले नयाँ ल्याउन लागिको पर्यटन ऐनलाई सङ्घीयताअनुसार अगाडि बढाउन, टिकेटिङ, ट्राभल्स, टुर्सलाई दर्ता भएका कम्पनीबाट मात्र सञ्चालन गर्नेलगायतका विषयमा सुझाव दिएको नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)का पूर्वअध्यक्ष सिएन पाण्डेले जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझ्दै पर्यटनमन्त्री भट्टराईले मौलिकतामा आधारित पर्यटन उद्योगको विकासका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले विज्ञको सुझावलाई समेटेर पर्यटन ऐन जारी गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button