इलाममा दोस्रो व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि

इलाम । इलाममा शुक्रवार दोस्रो व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै इलाममा सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ ।
सूर्योदय नगरपालिकास्थित कर्फोक माविको क्वारेनटिनमा बस्दै आएका १८ वर्षिया पुरुषमा कोरोना सङ्क्रमण भएको जनस्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो ।
गत २६ गते ४६ जनाको स्वाब सङ्कलन गरी कोसी अस्पताल विराटनगर पठाइएकोमा एक जनामा पिसिआरमा पोजेटिभ आएको हो ।
उनी सूर्योदय नगरपालिकाका बासिन्दा हुन् । भारतको सिलिगुडी बस्दै आएका उनी झापाको काँकडभिट्टा नाका हुँदै इलाम आएर क्वारेन्टीनमा बस्दै आएका थिए ।
कोरोना सङ्क्रमित युवकलाई मोरङ पूर्वाञ्चल विश्वविद्यालय गोठ गाउँमा रहेको अस्पतालमा पठाइएको छ ।
यसअघि भारतबाट आएका सूर्योदय नगरपालिकाका २६ वर्षिया युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो








प्रतिक्रिया राख्नुहोस्