तपाईँ सुन्दै हुनुहुन्छः

‘लिपुलेकमा बिओपी निर्माणको कार्य छिट्टै शुरु हुन्छ’

गृहमन्त्री रामबहादुर थापाले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपाली भुमि अतिक्रमण भएको विषय नेपाल सरकारलाई ६ दशक अघि नै जानकारी भएको भए पनि हाल वर्तमान सरकारले त्यहाँको अतिक्रमण हटाउन ठोस कदम अघि बढाएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांदहरुले मन्त्रालयगत छलफलमा उठाएका विषयहरुको जवाफ दिदै गृहमन्त्री थापाले नेपालको सुदुरपश्चिम क्षेत्रको छाङरु र लिपुलेक क्षेत्रमा शसस्त्र प्रहरी बल पुगिसकेको र त्यहाँ बिओपी निर्माणको कार्य पनि छिट्टै शुरु हुने पनि बताउनु भयो ।

गृह मन्त्रालय अन्र्तगत आगामी वर्षको बजेटमा झण्डै आधा रकम सामाजिक सुरक्षामा विनियोजन गरेको गृहमन्त्री थापाले बताउनु भयो ।

उहाँले कोभिड १९ को महामारी विरुद्ध आवश्यक सुरक्षा सर्तकताका लागि देशभरका १२ सय १३ स्थानमा बि.ओ पी स्थापना गरेको बताउनु भयो ।

मन्त्री थापाले नेपाल भारत सीमालाई व्यवस्थित गर्न देशभर ५ सय बिओपी स्थापना गर्ने योजना रहेको र यो वर्ष १ सय २९ स्थानमा बिओपी स्थापना भैसकेको र यसै आर्थिक वर्ष भित्रमा ६९ वटा बिओपी स्थापना गरिसक्ने योजना रहेको जानकारी दिनु भयो ।

मन्त्री थापाले प्रहरी समायोजनाको काम अन्तिम चरणमा पुगेको र चाँडै नै समायोजनाको काम शुरु हुने पनि उल्लेख गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button