हेटौंडामा अर्का एकजनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिन अगाडी भारतबाट अएका हेटौँडा–९लाम्सुरे निवासी ५० वर्षिय एक पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
भारतबाट आएका उनलाई हेटौंडा–४ स्थित आइसोलेसनमा राखिएको थियो । उनको हेटौंडा १० मा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको आइसोलेन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले जानकारी दिनुभयो ।
हेटौंडामा आज बिहान मात्र हेटौंडा–१ चौकिटोलकि २५ बर्षीया एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्