तपाईँ सुन्दै हुनुहुन्छः

रुकुमपश्चिम घटना : हराएकाको खोजी गर्न गोताखोर टोली परिचालन

रुकुम पश्चिम । रुकुम पश्चिममा भएको घटनामा परी भेरी नदिमा हराइरहेकाको खोजी कार्यका लागी सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

जाजरकोट स्थित आश्रीत गुल्मबाट डिएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल नं ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोलि परिचालित भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button