हेटौँडाकी कोरोना सङ्क्रमित महिलालाई भरतपुर पठाइयो, घर सिल
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि भरतपुरस्थित कोरोना विशेष अस्पताल पठाइएको छ ।
हेटौँडामा सङ्क्रमितलाई राख्ने व्यवस्थित स्थान नभएकाले उनलाई भरतपुर पठाइएको हेटौँडा उप–महानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले बताउनुभयो ।
उनलाई हेटौँडास्थित कोरोना परीक्षण केन्द्रमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उनलाई एम्बुलेन्स मार्फत भरतपुर पठाइएको छ ।
हेटौँडामा कोरोना परीक्षण गराउनुभन्दा पहिले भरतपुरमा बस्दै आउनुभएकी ती महिला पछिल्लो समय भने हेटौँडामै हुनुहुन्थ्यो । कोरोनाको सङ्क्रमण देखिएको महिलाको घर सिल गरिनुका साथै उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्