तपाईँ सुन्दै हुनुहुन्छः

दोषीलाई कडा कारवाही गर्न काँग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेसले रुकुम पश्चिममा भएको नृशंस हत्याकाण्डले देशलाई नै स्तब्ध बनाएको भन्दै घटनाको निष्पक्ष र गहन छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्नुहुँदै कानूनी रूपमा जातीय विभेद र छुवाछूत दण्डनीय भए पनि नयाँ संविधानपछि पनि यस्ता घटना हुनु दुःखद भएको उल्लेख गर्दै काँग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको बताउनुभएको छ ।

कांग्रेसले लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा जाँदै गरेका युवाको समूहलाई रोक्ने कार्य प्रशासनले गरेको भए त्यस्तो अप्रिय घटना हुन नसक्ने, आक्रमणको घटना हुँदा पनि राज्यको उपस्थिति नदेखिएमा केन्द्रीय सरकारको धारणा माग गर्ने र केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराई दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने भन्दै अनुसन्धान गरी कडा कारवाहीका माग गरेको छ ।

यसैगरी, साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि घटनाको छानविन गरी दोषीमाथि कडा कारवाही र पीडितलाई न्यायका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button