तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण पुनर्निर्माणको काम प्रभावित

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण भुकम्पले क्षति पु¥याएका संरचनाहरुको पुनर्निर्माणको काम समेत प्रभावित भएको छ ।

यही असार मसान्तसम्म पुनर्निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने भएपनि निर्माण सामग्री तथा कामदारको अभावले तोकिएको समयमा काम नसकिने पुनर्निर्माण प्रधिकरणले जनाएको छ ।
२०७२ साल बैशाखको भुकम्पले क्षति पु¥याएका नीजि आवास, विद्यालय, पुरातात्विक सम्पदा एवं भौतिक संरचनाहरुको निर्माण सम्पन्न गर्नका लागि तोकिएको समय यही असार मसान्तमा सकिंदैछ ।

पछिल्लो समय पुननिर्माणको कामले गति लिएको भएपनि कोरोनाको प्रभावले निर्माण सामग्री तथा कामदारहरुको अभावका कारण काम निर्धारित समयभित्र सम्पन्न गर्न सक्ने अवस्था नरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
कोरोनाका कारण जारी लकडाउनमा केही स्थानीय तहहरुले भने राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले जारी गरेको निर्देशन र मापदण्डको पालना गर्दै सिमित कामदारहरु मार्फत पुनर्निर्माणका सामान्य कामहरु अगाडी बढाएका छन् । तर अधिकाँश ठूला योजनाका कामहरु भने अबरुद्ध भएको राष्ट्रिय पुननिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिनुभयो ।

भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुमध्ये लकडाउन जारी हुनुभन्दा अगाडीसम्ममा ८८ प्रतिशत नीजि आवास, ७४ प्रतिशत सार्वजनिक विद्यालय भवन, ५६ प्रतिशत अस्पताल भवन र ५० प्रतिशत पुरातात्विक सम्पदाहरुको पुननिर्माण सम्पन्न भइसकेको थियो । यसैगरी पुरातात्विक सम्पदाहरुतर्फ ३८ प्रतिशत धरहराको जग सम्बन्धीको काम र ८० प्रतिशत रानीपोखरीको काम पनि लकडाउनभन्दा अगाडी नै सम्पन्न भईसकेको थियो । तर लकडाउन सुरु भएपछि सिंहदरवार, धरहरा लगायत केही सम्पदाहरुको पुुनर्निर्माणका सामान्य कामहरु भईरहे पनि अन्य काम प्रभावित भएका छन् । यसरी काम प्रभावित हुँदा यसवर्ष छुट्याईएको वजेट खर्च गर्न नसकिने र आगामी वर्ष वजेट अभाव हुनसक्ने सम्भावना रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

कोरोनले आर्थिक क्षेत्रमा पारेको प्रभावका कारण आगामीवर्ष पुनर्निर्माणको कामलाई आवश्यकता अनुसार वजेट उपलब्ध हुन नसक्ने सम्भावना देखिएकाले आगामी वर्षपनि वजेटका आधारमा नै पुनर्निर्माणकोे कामले तिब्रता पाउने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button