तपाईँ सुन्दै हुनुहुन्छः

८ जना प्रहरीको आरडिटि रिपोर्ट पोजेटिभ


बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत ८ प्रहरीमा आरडिटी पोजेटिभ देखिएको छ । ५८ जनाको आरडिटी परीक्षणमा ८ प्रहरी र १ प्रहरीको श्रीमतीको आरडिीटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

आरडिटी पोजेटिभ आउनेमा २५ देखि ३५ बर्ष उमेर समूहका रहेका छन् । जसमा १ महिला हवल्दार समेत रहका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले बताउनुभयो । उहाँका अनुसार पोजेटिभ देखिएका सबैलाई सदरमुकाम गोठलापानीमा रहेको बसपार्कमा आइसोलेशन निर्माण गरेर राखिएको उहाँले बताउनुभयो । आरडिटी पोजेटिभ आएका सबैको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि धनगढी पठाइने भएको छ ।

शिवनाथ गाउँपालिका घर भएका २२ बर्षीय युवक जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बेला शुक्रवार कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय शिल गरेर प्रहरीहरुको कोरोना परीक्षण गरिएको थियो । यसअघि शनिवार संक्रमितको प्रत्यक्ष सम्पर्क (रेड जोन) मा रहेकाहरुको ३२ प्रहरीसहित ४६ जनाको स्बाव संकलन गरिएको थियो । अरु (ग्रिन जोन)मा रहेकाहरुको आरडिटी परिक्षण गरेको भएपनि पोजेटिभ आउँदा जिप्रकाका प्रहरीहरु त्रसित बनेका छन् ।

शुक्रवार सिल गरिएको जिप्रका शनिवार स्वाब संकलनपछि केही सामान्य अवस्थामा फर्किरहेका बेला ९ जनामा आरडिटी पोजेटिभ आउँदा प्रहरी कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रहरी प्रमुख पाण्डेयको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button