लुम्बिनी विकास कोषद्वारा १५ लाख सहयोग
बुटवल । लुम्बिनी विकास कोषले लुम्बिनी सांस्कृतिक नगरपालिकाको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा १५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
आइतबार लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्ता)ले लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीलाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बताउनुभयो ।
कोषको आन्तरिक बजेटमार्फत लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा पन्ध्र लाख रुपैयाँ प्रदान गरिएको कोषका उपाध्यक्ष त्रिपाठीले जनाउनुुभयो ।
साथै कोषले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेको श्रीलंका पिलग्रिम रेष्टहाउस र लुम्बिनी बौद्ध विश्वविद्यालयले निर्माण गरेको छात्रावास भवनमा लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन स्थापना गर्नसमेत कोषले सहकार्य गरेको छ ।
लुम्बिनी गुरुयोजना क्षेत्र वरिपरि स्थानीय निकायद्धारा स्थापना गरेको २० वटा क्वारेन्टाइन स्थलहरुमा मास्क, पञ्जा, साबुन, पानी तताउने इलेक्ट्रिक जग लगायतका सामग्रीहरु सहयोग स्वरुप कोषले उपलब्ध गराएको सदस्य सचिव राईले जानकारी दिए ।
सदस्य सचिव राईले आवश्यक परे लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेको कोषको ३ हजार क्षमताको सभाहल क्वारेन्टाइन स्थापना गर्नका लागि उपलव्ध गराउन सकिने प्रतिबद्धता सम्बन्धित निकायमा गरिसकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्