उत्तरी धादिङमा हतियार सहित दुईजना पक्राउ
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं १ को झार्लाङमा हतियारसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झार्लाङका झ्याप्ले भनिने २७ वर्षिय राजु तामाङ र झार्लाङबाट बसाईसरि आई नीलकण्ठ नगरपालिका वडा न ं८ ससाहमा बस्ने ३३ वर्षिय हरिबहादुर तामाङ रहेका छन् ।
झोलामा बोकेर हिडिरहेको अवस्थामा शनिबार प्रहरीले खानतलासी गर्दा खुकुरी लगायतका सामान भेटिएको धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
पक्राउ परेका दुुवैजना केही वर्ष अघि मुस्ताङबाट लुटेर फर्कने क्रममा लूटेर ल्याईएका सामान र हात हत्तियार सहित पक्राउ परी ६ वर्ष कैद भुक्तान गरेर आएका हुन् ।
राजनितिक आडमा गुण्डागर्दी गर्दै आएका उनीहरु गाउँको विकास निर्माणका काम गर्ने समिति, ठेकेदार, गाडी, होटेल र पसलवालाहरुलाई धम्क्याउँदै पैसा असुली गर्ने गरेको स्थानीयहरुले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्