तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा प्रहरीलाई पनि पहिलोपटक कोरोना संक्रमण

नेपालगञ्ज । बाँकेमा प्रहरीलाई पनि पहिलोपटक कोरोना संक्रमण देखिएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ३ को कालाफाँटा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

त्यहाँ कार्यरत एक जना प्रहरी जवानलाई कोरोना देखिने वित्तिकै प्रहरी चौकी शिल गरिएको प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक शिब बहादुर सिंहले बताउनुभयो । आज नरैनापुरमा २७ जना संक्रमित थपिँदा प्रहरी जवान पनि परेका हुन् । संक्रमित सबैलाई नेपालगञ्ज ल्याउने तयारी भइरहेको सिंहले जानकारी दिनुभयो ।

नरैनापुरमा मात्रै हालसम्म १ सय १४ जना संक्रमित भएका छन् भने एक जनाको मृत्यु समेत भइसकेको छ । बाँकेमा १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । २१ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button