बाँकेमा भारतबाट आएर क्वारेनटाइनमा बस्नेको सङ्ख्या बढ्दै
नेपालगन्ज । बाँकेमा भारतबाट आएर क्वारेनटाइनमा बस्नेहरु बढ्दै गएका छन् । भारतबाट आउने नेपालीहरुको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइन बढाइएको छ ।
जिल्लामा अहिले ४० वटा क्वारेनटाइनमा एक हजार दुई सय २५ जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
एक हजार पाच सय ३० बेड संख्या रहेका ती क्वारेनटाइनमा ६१ महिला र एक हजार एक सय ६४ पुरुष छन् । आठ वटा स्थानीय तह मध्ये सबैभन्दा बढी नरैनापुर गाउँपालिकामा १० वटा क्वारेनटाइन छन् । त्यहाँ छ सय २५ जना बसिरहेका छन् ।
नरैनापुरमा भारतबाट आएर क्वारेनटाइनमा बसेका मध्ये एकको कोरोनाबाट मृत्युु भएको छ भने आठ जना संक्रमितको दाङको बेल्झुण्डीस्थित कोरोना विषेश अस्पतालमा उपचार भइरहेको छ ।
बाँकेमा अहिलेसम्म ३४ जना संक्रमित भेटिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्