बैतडीका २ स्थानमा सशस्त्र प्रहरीको बिओपी स्थापना हुने
बैतडी । भारतसंग सीमा जोडिएका बैतडीमा २ स्थानमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ ।
दशरथचन्द नगरपालिकास्थित झुलाघाट र पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बिओपी स्थापना हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी बताउनुभयो । बिओपी स्थापना हुने स्थानमा जग्गा खोजीको कार्य जारी रहेको प्रजिअ पौडेलको भनाई छ ।
बिओपी स्थापना भएपछि सीमा सुरक्षाका लागि सजिलो हुने सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्