संक्रमित भेटियो भन्दै फेसबुकमा अफवाह फैलाउने पक्राउ
किरण श्रेष्ठ, तनहुँ । कोरोना भाइरस (कोभिड—१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत तनहुँको दमौलीमा ३ जना कोरोना भाइरसका संक्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको हो ।
तेह्रथुम जिल्ला म्याङ्गलुङ्ग नगरपालिका–७ स्थायी घर भई हाल व्यास २ दमौली बस्दै आएका ३४ वर्षीय नवराज ढुङ्गानालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्